काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान वासिम अकरमले नेपाली क्रिकेटका बारेमा आफु जानकार रहेको बताएका छन् ।
दुबईमा आयोजित एसिया कपको ट्रफी अनावरण कार्यक्रममा बोल्दै अक्रमले नेपालमा क्रिकेटप्रतिको क्रेज अझै ठूलो हुँदै जाने बताए ।
'उनीहरू यो मन्चका लागि योग्य छन् । वास्तवमै उनीहरु राम्रो प्रदर्शन गरेका छन् । नेपालमा क्रिकेटको चासो ठूलो छ । स्टेडियम खचाखच भरिएको एउटा म्याचको तस्बिर मैले देखेको छु । आधा मानिस बाहिर रूखमा बसिरहेका थिए,' वासिमले बताए ।
नेपालले बुधबार मुल्तानमा पाकिस्तानसँग खेल्दै एसिया कपमा पहिलो पटक सहभागीता जनाउँदै छ । त्यसपछि उसले सोमबार क्यान्डीमा भारतको सामना गर्नेछ ।
प्रतियोगिताअघिको अधिकांश चर्चा भारत र पाकिस्तानबीच शनिबार हुने भिडन्तमा केन्द्रित भएको छ ।
सन् १९९२ मा पाकिस्तानबाट विश्वकप जितेका अकरमले नेपालको उदयलाई नजरअन्दाज गर्न नहुने बताएका छन् ।