काठमाडौं । सञ्जय गुरुङ लुम्बिनी प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्बिरोध रुपमा निर्वाचित भएका छन् ।
सोमबार भएको लुम्बिनी प्रदेशको निर्वाचनमा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका सञ्जयसहित १३ सदस्य समिति निर्बिरोध रुपमा चयन भएका छन् ।
उपाध्यक्षमा विनयराज भण्डारी, सचिवमा कैलाश कुमार रोका र कोषाध्यक्षमा राजेश श्रेष्ठ निर्बिरोध रुपमा निर्वाचित भएका हुन् ।
सदस्यहरुमा बालकृष्ण खत्री, सुभाष तिमिल्सेना, प्रथम पराजुली, धिरज अधिकारी, दुर्गाबहादुर थापा थापामगर, मेराज अन्सारी, माया ज्ञवाली, पदमराज श्रेष्ठ र अनिश कुँवर निर्बिरोध रुपमा निर्वाचित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगमी असोज ५ र ६ मा हुँदैछ ।
४५ जिल्ला र पाँच प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव कर्णाली र बागमती प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ ।