काठमाडौं । पाकिस्तान विकेटकिपर मोहम्मद रिजवानले नेपाली क्रिकेट टोलीलाई एसिया कपका लागि शुभकामना दिएका छन् ।
एसिया कपमा सहभागी हुन पाकिस्तानको मुल्तानमा रहेका खेलाडीलाई भेटेर रिजवानले शुभकामना दिएका छन् ।
एसिया कपमा बुधबार पाकिस्तानसँग नेपालले पहिलो खेल खेल्दैछ ।
रिजवानले नेपाली खेलाडीसँग भेटेर कुराकानी गरेका थिए । सोमपालसँगको कुराकानीमा उनले नेपाल एसिया कप खेल्न योग्य रहेको बताएका थिए ।
उनले नेपाली टोलीलाई शुभकामना दिँदै कुनै कुराको आवश्यकता परे आफू साथमा रहेको बताएका थिए ।
आगामी भदौ १३ मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू पनि गर्दै छ। समूह चरणको दोस्रो खेलमा भदौ १८ मा भारतसँग खेल्दै छ ।
प्रतियोगितामा नेपालले पहिलो पटक सहभागीता जनाउदै छ । प्रतियोगितामा नेपाल सहित छ देशले सहभागीता जनाउदै छ । सहभागी छ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
भारत र पाकिस्तानसँग नेपाल समूह ए मा रहेको छ । समूह बी मा अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् ।