काठमाडौं । नेपाल र थाइल्यान्ड महिला टोलीबीचको टी-ट्वान्टी अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।
नेपाल र थाइल्यान्डले आइसीसी महिला विश्वकप टी-ट्वान्टी एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेका थिए ।
मलेसियाको बायोमास रंशालामा टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
तर, लगातारको कारण नेपालले ब्याटिङ गर्ने अवसर पाएन ।
नेपाल र थाईल्यान्डले महिला टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोट खेल्दै छन् । एसिया छनोट खेल अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म ) मा मलेसियामा नै खेल्नेछ ।
प्रतियोगितामा एघार टोलीको सहभागीता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।
शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।
नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया तथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ ।
३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ ।
नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।
नेपालको टोली
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल