काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन भोलि सोमबार बिहान पाकिस्तान जाने निश्चित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप भोलि बिहान पाकिस्तान उड्ने रहेको बताए ।
'सन्दीप भोली बिहान पाकिस्तानको लागि उड्नेछन्,' पाठकले खेलपाटीलाई बताए ।
सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ । यसकारण सन्दीपलाई एसिया कपमा सहभागी हुने बाटो खुलेको हो ।
एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।
प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ ।
नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।