नेपालसँग खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन

काठमाडौं । एसिया कपमा नेपालको प्रतिद्वन्दी रहेको पाकिस्तानको टोलीमा परिवर्तन भएको छ ।
घोषित १७ सदस्यीय टोलीमा एक परिवर्तन भएको छ ।
पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान साउद शकीललाई एसिया कपको टोलीमा समावेश गरिएको छ ।
यसअघि टोलीमा समाबेश गरिएका तैयब ताहिरलाई ट्राभलिङ रिजर्भको रुपमा राखिएको छ ।
शकील प्रारम्भिक १७ सदस्यीय टोलीमा थिएनन् तर अफगानिस्तान द्विपक्षीय सिरिजका लागि एकदिवसीय टोलीका १८ औं सदस्य थिए।
सुरुमा टोलीमा रहेका ताहिरले अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा एक खेल पनि खेलेका थिएनन् ।
उनी एसिया कपमा रिजर्भ खेलाडीका रुपमा टोलीसँग रहने छन् ।
शकिलले अफगानिस्तानविरुद्धको सिरिजका लागि एकदिवसीय टोलीमा पुनरागमन गरेका थिए ।
एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले नेपालसँग अगस्ट ३० (भदौ १३ ) मा खेल्दैछ ।
पाकिस्तान टोली
बाबर आजम (कप्तान), अब्दुल्ला शफीक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान, मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस रउफ, मोहम्मद वसीम जुनियर, नसीम शाह, शाहीन अफ्रीदी, साउद शकील, तैयब ताहिर (ट्राभलिङ रिजर्भ )











-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)
