काठमाडौं । सुनिल महासेठ मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न अधिबेशनले महासेठलाई अध्यक्षमा निर्वाचित गरेको हो । महासेठले अध्यक्षका अर्का प्रत्याशि हिरा भगतलाई हराएका हुन् । महासेठले ३२ तथा हिराले १२ मत प्राप्त गरेका थिए ।
त्यस्तै पवनकुमार गुप्ता उपाध्यक्षमा निर्वाचित भएका छन् । गुप्ताले मुर्तुजा हवारीलाई २० कतको अन्तरले पराजित गरेका हुन् । गुप्ताले ३२ र हवारीले १२ मत प्राप्त गरे ।
आयुष श्रेष्ठ सचिव र सुभाष जयसवाल कोषाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भए ।
सतिशकुमार सिंह, सत्रुधन प्रसाद साह, प्रमोद साह, राजिवकुमार झा, मुकेश कुमार साह, आकाश पाण्डे, विकल कुमार विष्ट, बाबुजान अन्सारी र अनिल कुमार चौलागाई सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगामी असोजम हुँदैछ । ४५ जिल्ला र चार प्रदेशको निर्वाचन सम्पन्न भएको छ । अब तीन प्रादेशिक क्रिकेट संघको अधिबेशन हुन बाँकी छ ।
कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, गण्डकीमा सञ्जय कान्त सिंग्देल र सुदूरपश्चिममा बासुदेव जोशी अध्यक्षमा निर्वाचित भएका थिए ।