नेपाललाई उपाधि जित्न १ सय २ रनको लक्ष्य
शनिबार, भदौ ९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । हङकङले चारदेश सम्मिलित महिला टीट्वान्टी आई सिरिजको फाइनलमा नेपाललाई उपाधि जित्न १ सय २ रनको मध्यम लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो ।
हङकङका लागि कप्तान केरी चानले ४५ बलमा २९ रन बनाइन् ।
मारिना लम्प्लगले २० बलमा २ चौकासहित १९ रन बनाइन् । इक्रा साहर ८ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् । शान्जिन शाहजाद १० बलमा १ चौकासहित १४ रन बनाइन् ।
नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १/१ विकेट लिए ।
नेपाललाई उपाधि जित्न १ सय २ रनको लक्ष्य










-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)

