काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान तथा नेपाल क्रिकेट संघ बागमती प्रदेशका अध्यक्ष पदका प्रत्यासी रहेका पारस खड्काले आफ्नो जित निश्चित रहेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पारसले जितको लागि १९ मत चाहिने र आफ्नो पक्षमा २३ भोट रहेकाले जित निश्चित रहेको बताएका छन् ।
पारसलाई बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले समर्थन गर्ने बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण क्षेत्री, काठमाडौंका अध्यक्ष दिवाकर घले, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठले पारसलाई साथ दिने बताएका थिए ।
कार्यक्रमका बोल्दै पारसले आफुलाई चार जिल्लाका प्रतिनिधि तथा हालका कार्यसमितीका १३ मध्ये ७ जनाको समर्थन रहेको बताए ।
'निर्वाचन जित्न आवश्यक १९ मत आवश्यक रहेकोमा आफ्नो पक्षमा २३ मत रहेका कारण मेरो जित निश्चित रहेको छ' पारसले बताए ।
बागमती प्रदेशमा आफू अध्यक्ष यदि बनेमा सुशासन, आर्थिक पार्दशिता, घरेलु क्रिकेट र संरचनामा सुधार गर्ने पारसले बताएका छन् ।
बागमतीको महिला क्रिकेटलाई पारसले विशेष प्राथमिकतामा राख्ने जनाएका छन् ।
पारसले बागमती प्रदेशको पुरुषतर्फ बागमती इलिट ट्रफी टु डे, बागमती च्यालेन्जर्स ट्रफी एकदिवसीय, राष्ट्रिय स्तरको टी-ट्वान्टी फ्रेन्चाइज लिग, बागमती प्रदेश आमन्त्रिण सिरिज र विदेशमा अभ्यास गर्ने बताएका छन् ।
बागमती प्रदेश क्रिकेट संघको दोस्रो अधिबेशन आगामी शुक्रबार रहेको छ ।