काठमाडौं । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल हङकङसँग खेल्ने भएको छ ।
नेपाल र हङकङबीचको फाइनल शनिबार हुनेछ ।
नेपाल अन्तिम खेलमा मलेसियासँग पराजित भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।
शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु मुलुकसँग ६ विकेटले पराजित भएको हो ।
हङकङ मलेसियाभन्दा राम्रो नेटरनरेटले अघि रहदै रहेको थियो । सोहि कारण दोस्रो स्थानमा रहँदै हङकङले फाइनलमा स्थान बनाएको हो ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा रह्यो । नेपालको नेटरनरेट ० दशमलब ८५३ रह्यो ।
नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो ।
हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
हङकङको नेटरनरेट ० दशमलब १९२ रह्यो । हङकङले कुवेत र मलेसियालाई हराएको थियो ।
मलेसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक नै भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा रहेर फाइनल खेल्न सकेन ।
मलेसियाको नेटरनरेट ० दशमलब ००७ रह्यो ।
कुवेत भने ३ खेलमा तीनै मा हारका साथ अंक बिहीन हुँदै पुछारमा रहेर बाहिरियो । तेस्रो स्थानको लागि शनिबार मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।