काठमाडौं । चीनमा हुने १९औं एसियाली खेलकुदका लागि पाकिस्तानको क्रिकेट टोली घोषणा भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले कसिम अक्रमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
एसियाली खेलकुदमा टेस्ट मान्यता प्राप्त राष्ट्रले दोस्रो टोली पठाएका छन् । मुख्य टोली भने सो समयमा भारतमा हुने आइसीसी एकदिवसीय विश्वकपमा व्यस्त रहने छ ।
एसियाली खेलकुदमा पाकिस्तानले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
एसियाली खेलकुदमा क्रिकेटको प्रतिस्पर्धा सेप्टेम्बर २८ देखि सुरु हुनेछ । प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदैछ ।
पाकिस्तानी टोली
कसिम अक्रम(कप्तान) ,आमिर जमल, ओमर बिन युसुफ,अराफात मिनहास, अर्शद इक्बाल, आसिफ अली, खुसदील शाह, हैदर अली मिराज ताहिर, मोहमद हसनैन, राहिल नाजिर,शाहनवाज दहानी, सुफियन मकिम, मोहम्मद अखलाक , उस्मान कादिर