फेरी हार्यो भारत

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पनि भारतलाई पराजित गरेको छ ।
पहिलो टी-ट्वान्टी चार रनले जितेको घरेलु टोलीले दोस्रो खेलमा २ विकेटको जित हात पारेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी-ट्वान्टी सिरिजमा २-० को अग्रता लिएको छ ।
भारतले दिएको १ सय ५३ रनको लक्ष्य घरेलु टोलीले १८ दशमलब ५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
घरेलु टोलीको जितमा निकोलस पुरनले ४० बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।
भारतका तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
ओपनर ईशान किशन २३ बलमा २ चौका र २ छक्कासहित २७ रनमा आउट भए । कप्तान हार्दिक पान्ड्या १८ बलमा २ छक्कासहित २४ रनमा आउट भए ।
वेस्टइन्डिजका अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान २/२ विकेट लिए ।









-1762997834781.jpeg&w=3840&q=75)




