दीपेन्द्र आबद्ध टाईगर्स पहिले बलिङ गर्दै
शनिबार, २० श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा फाइनल प्रवेशका लागि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सले पहिला बलिङ गर्दैछ ।
दोस्रो क्वालिफायर खेलमा भैंकूवर नाइट्सविरुद्ध टस जितेर टाईगर्सले बलिङ रोजेको हो ।
पहिलो क्वालिफायरमा सर्रे जगुआर्ससँग पराजित भएर नाईट्सले दोस्रो क्वालिफायर खेल्दै छ । ईलिमिनेटर खेलमा ब्रैम्प्टन वुल्भ्सलाई पराजित गरेको टाईगर्सले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
लिग चरणमा टाईगर्स र नाईट्सबीच भएको दुई खेलमा दुवै १/१ खेलमा विजयी भएका थिए ।
यस खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । आजको खेलमा विजयी टोलीले आईतबार हुने फाइनल खेलमा सर्रेसँग खेल्नेछ ।
दीपेन्द्र आबद्ध टाईगर्समा कार्लोस ब्रेथवेट, क्रिस लिन, आन्द्रे रसेल लगायतका खेलाडी रहेका छन् ।
दीपेन्द्र आबद्ध टाईगर्स पहिले बलिङ गर्दै












-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)
