आइतबार, २४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आशिषलाई रापिड चेसको उपाधि

शनिबार, २० श्रावण २०८०खेलपाटी संवाददाता
आशिषलाई रापिड चेसको उपाधि
Loading ad...
mustang rice ad

नुवाकोट । राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिपको उपाधि आषिश फुयालले हात पारेका छन्। नेपाल बुद्धिचाल संघ नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा आशिषले उपाधि जितेका हुन् ।

उनले फाइनल चरणको खेलमा काठमाडौका १४ बर्षिय खेलाडी पुरुषोत्तम सिलवालसंग बराबरी खेलेर अंक बाँडेका थिए । यस्तै, छैटौं चरणको खेलमा भक्तपुरका जगन्नाथ ताम्रकारलाइ हराएका थिए।

६ खेलमा जित निकाल्न सफल भएका आशिषले साढे  ६ अंक सहित  विजेता बन्न सफल भए। उपाधि सहित उनले नगद १० हजार पुरस्कार पाए।

पुरुषोत्तम सिलवाल ६ अंक जोडेर दोस्रो स्थानमा रहे। उनले छैटौं चरणको खेलमा ललितपुरका सुरज महर्जन माथि सफलता पाए। उनले ७ हजार नगद पुरस्कार पाए।

विदुर नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा संचालन भएको प्रतियोगिताको तेस्रो स्थानमा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकमर रहे। उनले नगद ५ हजार पाउन सफल भए। नविनले साताौ चरणको खेलमा भक्तपुरका गणेशमान दुवाललाई निरास बनाएका थिए।

सुनसरीका मणीराज डाँगी चौथो र झापाका मिसन दाहाल पाँचौ स्थानमा रहे भने छैटौंदेखि दशौसम्म भक्तपुरका जगन्नाथ ताम्राकार , गणेशमान दुवाल, ललितपुरका सरोज महर्जन, काठमाडौका राजेन्द्र बज्राचार्य र नुवाकोटका सुरज लामा रहे।

महिलातर्फको उपाधि काठमाडौकी आरती छठकुलीले जित्न सफल भइन । उनले ४ अंक जोडिन् ।  

समान ४ अंकनै रहेका पुनम प्रसाईं टाइब्रेकरको आधारमा आरतीसंग पछि रहेर उपविजेता बन्न सफल भइन् । त्यसैगरी भेट्रानतर्फ राधेश्याम श्रेष्ठ उत्कृष्ट ठहरिए भने स्थानीयमा सक्सेस श्रेष्ठ प्रथम भए। अनरेटेडमा नविन बैद्य पहिलो रहे भने यु १९ मा संगम कटुवाल उत्कृष्ट भए।

नुवाकोट जिल्ला बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहमा विदुर नगरपालिका १ का वडा अध्यक्ष लेनिन श्रेष्ठ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे।

नुवाकोट जिल्लाका र आमन्त्रित गरि प्रतियोगितामा ५८ जना खेलाडीको सहभागीता रहेको थियो ।


 

Loading ad...
LiNing Ad
#आशिष #रापिड #चेस

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने