काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक महिना विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको दिल्ली पठाइएको घोषणा गरेको छ ।
क्यानले शनिबार जनाए अनुसार ६ खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाईनेछ । ति ६ खेलाडीमा तिव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्री रहेका छन् ।
त्यस्तै विनोद भन्डारी र लोकेश बम ब्याटरका रुपमा रहेका छन् । स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादव सो मौका पाएका छन् ।
उनीहरु अभ्यासका लागि दिल्ली गएका छन् । यि ६ खेलाडी प्रदिप साहु अन्तर्गत रहेर प्रशिक्षण गर्ने छन् ।