काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा फाइनल प्रवेशका लागि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सले भैंकूवर नाइट्ससँग खेल्दै छ ।
पहिलो क्वालिफायरमा सर्रे जगुआर्ससँग पराजित भएर नाईट्सले दोस्रो क्वालिफायर खेल्दै छ । ईलिमिनेटर खेलमा ब्रैम्प्टन वुल्भ्सलाई पराजित गरेको टाईगर्सले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
यि दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज शनिबार बेलुका पौने १० बाट सुरु हुनेछ ।
लिग चरणमा तेस्रो स्थान हासिल गरेको टाईगर्सले चारमा जित तथा दुईमा हार व्यहोरेको थियो ।
नाईट्सले लिग चरणमा ४ जित, २ हार व्यहोर्दा १ खेल भने वर्षाका कारण प्रभावित बनेको थियो । नाईट्स ९ अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।
लिग चरणमा टाईगर्स र नाईट्सबीच भएको दुई खेलमा दुवै १/१ खेलमा विजयी भएका थिए ।
यस खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । आजको खेलमा विजयी टोलीले आईतबार हुने फाइनल खेलमा सर्रेसँग खेल्नेछ ।
दीपेन्द्र आबद्ध टाईगर्समा कार्लोस ब्रेथवेट, क्रिस लिन, आन्द्रे रसेल लगायतका खेलाडी रहेका छन् ।