काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्सले शनिबार बिहान प्रतियोगिताको दोस्रो प्लेअफ खेल खेल्दैछ ।
ईलिमिनेटर खेलमा टाईगर्सले ब्रैम्प्टन वुल्भ्ससँग शनिबार बिहान नेपाली समय अनुसार सवा १ मा खेल्नेछ ।
लिग चरणमा तेस्रो स्थान हासिल गरेको टाईगर्सले चारमा जित तथा दुईमा हार व्यहोरेको थियो । लिग चरणको खेलमा चौथो भएको वुल्भ्सले तीनमा जित तथा दुईमा हार व्यहोरेको थियो ।
ईलिमिनेटर खेलको विजेताले आज हुने पहिलो क्वालिफयरको पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
दीपेन्द्र आबद्ध टाईगर्समा कार्लोस ब्रेथवेट, क्रिस लिन, आन्द्रे रसेल लगायतका खेलाडी रहेका छन् ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।