शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

'मधेसमा राष्ट्रिय खेलकुद गर्न सरकार सकारात्मक'

शनिबार, १३ श्रावण २०८०खेलपाटी संवाददाता
'मधेसमा राष्ट्रिय खेलकुद गर्न सरकार सकारात्मक'
mustang rice ad

सिमरा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

शनिबार सिमरामा जीतपुरसिमरा उपमहानगरपालिका र नवजनजागृती युवा क्लब सिमराले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले मधेस प्रदेश सरकार र स्थानीय सरकारले अनुकुल वातावरण बनाए मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ११ औं राष्ट्रिय खेलकुद मधेस प्रदेशका जिल्लामा गर्ने निर्णयका लागि तयार रहेको बताए ।

'हामी तयार छौँ, यहाँका स्थानीय सरकार र मधेस प्रदेश सरकारले बढी पहल गर्नुपर्‍यो ।' मन्त्री लिम्बूले भने ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुदैछ । अर्को वर्ष कर्णाली प्रदेशले १० औं राष्ट्रिय खेलकुद आयोजना गर्ने लक्ष्य सहित पूर्वाधार निर्माणलाई तिव्रता दिईरहेको छ । 

११ औं राष्ट्रिय खेलकुद आयोजनामा मधेश प्रदेशले आयोजनाको दाबी गर्दै आएको छ । क्रम अनुसार मधेश प्रदेशले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अधिकार पाउनुपर्ने हो । तर त्यस विषयमा औपचारिक निर्णय हुन सकेको छैन । 

कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्य सचिब टंकलाल घिसिङले सिमरा, बिरगंज र जनकपुरलाई केन्द्रीत गरि ११ औं खेलकुद गर्न सकिने बताए। त्यसका लागि भएका पुर्वाधारको स्तरोन्नति र नयाँ पुर्वाधार निर्माणलाई स्थानीय सरकारले समेत प्राथमिकता दिनुपर्ने बताए । 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सिमरा रंगशाला तथा उपमहानगरपालिका भित्रका अन्य पुर्वाधारहरु निर्माण तथा स्तरोन्नतिका बिषयमा मन्त्री लिम्बूको ध्यानाकर्षण गराउदै ज्ञापनपत्रसमेत बुझाएका थिए । 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । 

LiNing Ad
#राष्ट्रिय खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस