शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

भेट्रान दौडमा धर्म र कल्पना पहिलो

बिहिबार, २१ असार २०८०खेलपाटी संवाददाता
भेट्रान दौडमा धर्म र कल्पना पहिलो
Classic Tech Internet Ad

काठमाडौं । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेन्डमा पूरा गरे । भीमबहादुर गुरुङ दोश्रो तथा राजेश महर्जन तेश्रो भए ।

बैैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा संयुक्त आयोजित दौडमा कल्पनाले दूरी २८ मिनेट ४० सेकेन्डमा तय गरिन् । याङदी लामा शेर्पा दोश्रो तथा सिता रिमाल तेश्रो स्थानमा रहे ।

बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा प्रत्यक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए । १२ औं संस्करणको सांगीतिक प्रस्तुती यो वर्षको अगष्टमा इङल्यान्डको लन्डनमा हुँदै छ । १० औं अमेरिकामा भएको थियो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफै पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुंगिएको थियो ।

विजेतालाई एथलेटिक्सका पूर्व प्रशिक्षक मधुशमशेर राणा, नेपाल भलिबल संघकी पूर्व सदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यअघि दौडको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए ।

सो अवसरमा तीनपटककी एभरेष्ट म्याराथन विजेता याङदी लामा शेर्पा, धावकद्वय पुष्पलाल महर्जन र लाक्पा शेर्पा लामालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

Bajaj Pulsar Motorcycle Ad
#धर्म र कल्पना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य