तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि
काठमाडौं । तार्केश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको ।
प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर गर्ल्समा १२ गरी २८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
जुनियर ब्वाइजमा एन्जल्स हार्ट, गिनिज पब्लिक, हिरश्मी, जीवन ज्योति, काठमाडौं लिङकन, लालीगुराँस विद्याकुञ्ज, लालीगुराँस नेसनल एकेडेमी, ल्यान्डमार्क एकेडेमी, नर्थ भ्याली, प्रारम्भ वल्र्ड, रोजमेरी आइडल, सेक्रेट हार्ट, सिद्धार्थ मोडल, स्प्रिङ भ्याली, सिर्जना ज्ञान सागर र एन्जल्स हार्ट नेसनल स्कुलले भाग लिने छन् ।
सिनियर गर्ल्समा एन्जल्स हार्ट, हिमरश्मी, काठमाडौं लिङकन, लालीगुराँस, ल्यान्डमार्क, न्यु एरा, नर्थ प्वाइन्ट, नर्थ भ्याली, पद्यचक्र, रोजमेरी, स्प्रिङ भ्याली र सिर्जना ज्ञान सागरले खेल्ने छन् ।
साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ४५ हजार २ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरु मनमैजुस्थित लालीगुराँसको कोर्टमा खेलाइने छ ।
उपाध्यक्ष बूढाथोकीले विद्यार्थीमा अन्तरनिहीत क्षमताको पहिचान गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरे ।
आयोजकका अध्यक्ष धनबहादुर पुनले खेलकुद राष्ट्रलाई योगदान दिने महत्वपूर्ण माध्यम भएकाले हरेक विद्यालयले खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।






-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)

