ललितपुर च्याप्टरलाई उपाधि
शनिबार, जेठ १३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ ।
काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।
ललितपुर च्याप्टरको जितमा किरण प्रताप शाह, अक्सोभ श्रेष्ठ र अशिम राजभण्डारीले गोल गरेका थिए । ललितपुरका आशिष श्रेष्ठले एक गोल फर्काएका थिए । विजेतालाई ट्रफी, मेडल सहित पुरस्कृत गरिएको थियो ।
केटीएम सिटीद्धारा प्रायोजित प्रतियोगितामा आयोजक सहित ललितपुर च्याप्टर, ग्लोबर सापर्स र नेपाली उद्योग युवा उद्यमी मञ्च सहितका १२ टिम सहभागी थिए ।
#ललितपुर






-1759666509639.jpg&w=3840&q=75)




-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



