काठमाडौं । नेपाल गल्फ संघको अध्यक्षमा पुन: टाँसी घले निर्वाचित भएका छन् ।
घले लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । संघको छैटौं साधारणसभाले घलेको अध्यक्षमा १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
संघको उपाध्यक्षमा तिलक राई, पभित्र कुमार कार्की र फुर्साङ लामा निर्वाचित भएका छन् । चुडा बहादुर भण्डारी महासचिव, कृष्ण कुमार अग्रवाल कोषाध्यक्ष निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा दीपक आचार्य, दीपक थापा मगर, विरेन्द्र बिक्रम लिम्बु, प्रविन याक्थुम्बा, भु बहादुर गुरुङ, अर्षिया बानु, श्रीराम भण्डारी निर्वाचित भए ।
कार्यक्रम दौरान संघले दुई युवा खेलाडी सुवास तामाङ र सद्भाव आचार्यलाई जनही २५ हजार नगदसहित सम्मान गरेको छ ।
उनीहरुले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्ट्समा स्वर्ण पदक जितेका थिए ।