मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

छनोट नखेल्ने एन्फा निर्णयको चर्को आलोचना

मंगलबार, ०९ जेठ २०८०खेलपाटी संवाददाता
छनोट नखेल्ने एन्फा निर्णयको चर्को आलोचना
Loading ad...
mustang rice ad

काठमाडौं । एएफसी यू–२३ एसिया कप छनोटमा नेपाली टिम सहभागी नगराउने निर्णयपछि अखिल नेपाल फुटबल संघको चर्को आलोचना सुरु भएको छ । अर्को वर्ष कतारमा हुने एएफसी यू–२३ एसिया कपका लागि खेलिने छनोट प्रतियोगितामा एन्फाले नेपालको नाम समावेश गरेन । आर्थिक अभावको कारण देखाउँदै एन्फाले नाम समावेश नगरेपछि सोमबार सार्वजनीक सहभागी टिममा नेपालको नाम थिएन । एएफसीले सहभागी देशको वरियताका आधारमा सोमबार छनोट प्रतियोगिताको विस्तृत विवरण सार्वजनीक गरेको छ । प्रतियोगिताको 'ड्र' आगामी बिहीबार हुदैछ ।  

छनोट प्रतियोगितामा ४३ टिम खेल्ने भएका छन् । सेप्टेम्बर ४ देखि १२ सम्म ११ मैदानमा प्रतियोगिताका छनोट खेल हुनेछन् । सहभागी टिमहरु मध्य चार-चार टिम समावेश गरेर १० वटा समूह र तीन टिम सहभागी गराएर अन्तिम एक समूह तयार गरिनेछ । सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता हुनेछ । समूहको विजेता टिम र उत्कृष्ट चार उपविजेता टिमले कतारमा हुने एसिया कपमा सहभागीता जनाउनेछन् । प्रतियोगिता सन् २०२४ अप्रिल १५ देखि मे ३ सम्म कतारमा हुनेछ ।

तर उमेर समूहको एसिया कप पुग्ने छनोट प्रतियोगितामा एन्फाले नेपाली टिम सहभागी गराएन । उमेर समूहको टिम र प्रतियोगितालाई विश्व फुटबलमा राष्ट्रिय टिम निर्माणको आधार मानिन्छ । तर आर्थिक कारण देखाउँदै उमेर समूहको एसिया कप छनोटमा टिम सहभागी नगराएपछि एन्फा र फुटबल नेतृत्वको चर्को आलोचना सुरु भएको हो । असक्षम नेतृत्वका कारण उमेर समूहको नेपाली टिम अन्तराष्ट्रिय सहभागीताबाट बञ्चित हुन परेको भन्दै सार्वजनीक रुपमा एन्फा र यसको नेतृत्वको आलोचना भैरहेको हो ।

एन्फा प्रवक्ता सुरेस शाहले सञ्चार माध्यममा आर्थिक कारणले नेपाली टिम प्रतियोगितामा समावेश गर्न नसकिएको पुष्टि गरेका छन् । 

‘सेभ नेपाल फुटबल’ भन्ने नाराको साथ एन्फा नेतृत्वमा आएका अध्यक्ष पंकज बिक्रम नेम्वाङ र उनको टिम अहिले फुटबल चलाउनै नसक्ने अवस्थामा पुगेको देखिन्छ । ‘लटरपटर’ ए डिभिजन लिग सञ्चालन गरेका नेम्वाङले चालू आर्थिक वर्ष सकिनै लाग्दा समेत बी र सी डिभिजन फुटबलको मिति तोक्न सकेका छैनन् । यस वर्ष बी र सी डिभिजन लिग नहुदाँ अर्को वर्षको लिगको चक्रनै बिग्रने अवस्था देखिन्छ ।

नेम्वाङ एन्फा नेतृत्वमा आएको पहिलो वर्षमै महिला लिग, उमेर समूहको प्रतियोगिता, जिल्ला, प्रदेश लिगका अधिकांश फुटबल कार्यक्रम धरासायी अवस्थामा छ । नेतृत्वको क्षमता नपुगेर घरेलु फुटबल चल्न सक्ने अवस्थामा छैन भने अन्य पदाधिकारी पद र पैसाको ‘छिर्के दाउ’मा लाग्दा नेपाली फुटबल जोखिमपूर्ण अवस्थामा छ । त्यसैको उदाहरणको रुपमा यू–२३ एसिया कप छनोटको घटना सतहमा आएको हो ।
 

Loading ad...
LiNing Ad
#एन्फा निर्णय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !