चन्द्रागिरी टिम च्याम्पियन
1684671115.jpg&w=3840&q=75)
काठमाडौं। चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो ।
शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पार्यो ।
गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् । बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी चुनिइन् । आयोजक शंखडोलले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई संघीय सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उद्घाटन गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा विभिन्न ८ स्पर्धामा १ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

