आइतबार, २४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिगको जर्सी नं ९९

आइतबार, ०७ जेठ २०८०नमीन ढकाल
'ए' डिभिजन लिगको जर्सी नं ९९
Loading ad...
mustang rice ad

इलाम । विश्व खेलकुदमा ९९ अंकलाई विशेष महत्व रहन्छ । अझ ९९ को महत्व क्रिकेटर सचिन तेन्दुलकर र मिस्बाह उल हकÞले सबैभन्दा बढि महसुस गरेका हुन् । यी २ क्रिकेटर पटक–पटक ९९ रनमा आउट हुँदै शतक बनाउनबाट चुके । फुटबल जगतकै कुरा गर्दा केही स्टार खेलाडीहरुले ९९ नम्बर जर्सीबाट सुरुवात गरेका छन् । यो सुचीमा शिर्ष स्थानमा आउँछन् ब्राजिलियन रोनाल्डो नाजारियो र इटालियन सुटस्टपर जियानुलुजी डोनारुमा । पोल्यान्डका आर्किडुयस मिलिकले समेत जर्सी नं ९९ लगाए । रोनाल्डोले एसी मिलानसँग इटाली फर्कँदा ९९ लगाएका थिए । फिलिपो इन्जाघीले जर्सी नं ९ लगाएका कारण रोनाल्डोले ९९ लगाए । गोलरक्षक भिटोर बायाले पोर्चुगिज च्याम्पियन पोर्टोका लागि ९९ नम्बर जर्सीमा सन् २००४ मा च्याम्पियन्स लिग जिते । रोनाल्डोको व्यवसायिक फुटबल सन्यासपछि एसी मिलानमा गोलरक्षक डोनारुमा ९९ नम्बर जर्सीमा देखिए । अहिले फ्रान्सेली क्लब पिएसजीमा समेत डोनारुमा जर्सी नं ९९ मा देखिन्छन् ।

sherpa1684651250.jpg

तर, नेपाली फुटबलमा भने जर्सी नं ९९ को प्रसंग अलि फरक छ । जारी शहिद स्मारक लिगमा हिमालयन शेर्पा क्लबले पहिलो पटक ९९ जर्सी कार्यान्वयनमा ल्याएको छ । शेर्पाका निशान लिम्बु जर्सी नं ९९ लगाएर मैदानमा उत्रदै आएका छन् । उनले लगाएको जर्सी पंकज नेम्वाङ नेतृत्व प्रति व्यङ्ग्य हो ।  श्रोतबाट प्राप्त जानकारी अनुसार निशानलाई दिइएको जर्सी एन्फा बरिष्ठ उपाध्यक्ष विर बहादुर खड्कालाई दिइएको सुविधा प्रतिको व्यङ्ग्य हो । गत फागुनमा बसेको एन्फाको बैठकले बरिष्ठ उपाध्यक्ष खड्कालाई ९९ हजार मासिक तलब दिने निर्णय गरेको थियो । सोही तलबलाई लिएर शेर्पाले जर्सीको माध्यमबाट सांकेतिक रुपमा विरोध गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी सबै पदहरू भोलेन्टियर हो । उनीहरू सबैले एन्फामा नेपाली फुटबलको विकासका लागि भनेर भोलेन्टियर पद सम्हालेका हुन् । तर पदाधिकारीको तलब तोकिएपछि निवर्तमान अध्यक्षको क्लबले व्यङ्ग्यात्मक विरोध गरेको हो ।   एन्फाको निर्णय नम्बर १३ को ‘च’ मा वरिष्ठ उपाध्यक्षले सहिद स्मारक ए, बी र सी डिभिजन लगायतको प्रतियोगितामा पूर्ण समय दिनुपर्ने भएकाले तलब दिने निर्णय गरेको थियो ।   

निशानको तर्क भने अलि फरक छ । उनी रोनाल्डोले झै जर्सी नं ९ नपाउने भएपछि आफ्नो मनपर्ने नम्बर ९ को बदलामा ९९ लगाएको बताए । ‘ मलाई मन पर्ने जर्सी ९ नम्बर हो तर त्यो नम्बर नपाउने भएपछि ९९ लगाए ।’ शेर्पामा जर्सी नं ९ केन्याली सेन्ट्रल फरवार्ड पिस्टोन मुटाम्बाले लगाउँदै आएका छन् । 

एन्फाले बनाएको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता नियमावली २०७९ अनुसार सहभागी १४ वटा क्लबले ५० नम्बर भन्दा माथिको जर्सी प्रयोग गर्न पाउने छैनन् । नियमावलीको नियम १६ अन्तर्गत जर्सी कलर र किट्समा उल्लेख भए अनुसार जर्सी नम्बर १ देखि ५० भित्र हुनुपर्नेछ । भने गोलरक्षकको निम्ति १ नम्बर जर्सी छुट्याएको हुनुपर्दछ ।

तर एन्फा निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पाले नियमावली मिच्दै वर्तमान नेतृत्वको आलोचना स्वरुप जर्सी नं ९९ प्रयोगमा ल्याएको हो । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले  नियमावली कार्यान्वयन गराउन नसक्नु कमजोरी रहेको बताए । उनी जर्सी इन्ट्रीलाई अप्रुभ गर्ने कर्मचारीबाट गल्ती भएको भन्दै पन्छिए । ‘ लिगको खेल भन्दा अघि नै फिफा कनेन्ट अनलाइनबाट खेलाडीको जर्सी नम्बर दर्ता, जर्सी कलर लगायतका कुराहरु इन्ट्री गर्नुपर्ने हून्छ त्यो काम सम्बन्धित क्लबले गर्ने हो । तर इन्ट्रीलाई अप्रुभ गर्ने साथीले त्यसो नगरेको भए हुन्थ्यो । स्विकार्नु चाहि गल्ती हो ।’ उनले भने ‘ प्राविधिक टिमसंग बसेर यस बारेका समिक्षा गर्दै सुधार हुनेछ ।’

एन्फाका महासचिव किरण राईले नियमावली मिचेर अघि बढ्नेलाई कारवाही गरिने बताए । उनले नियमावली मिच्नेलाई नियमावलीमा तोकिएको बमोजिमको कारवाही गर्न एन्फा तयार रहेको समेत बताए । 

लिगमा ९९ नम्बर जर्सी प्रयोगमा ल्याउने हिमालय शेर्पा एक्लो क्लब भने हैन् । विभागीय टोली नेपाल पुलिस र संकटा क्लबले समेत ९९ जर्सी लगाएका छन् । संकटा कर्माछिरिङ शेर्पा नेतृत्वमा रहँदा महासचिव रहेको इन्द्रमान तुलाधरको क्लब समेत हो । संकटाका टिम कोअर्डिनेटर रवि बज्रचार्य अन्य क्लबले समेत जर्सी नं ९९ प्रयोगमा ल्याएपछि आफुहरुले समेत लगाएको बताए । ‘ सवैभन्दा पहिलो हिमालयन शेर्पाले जर्सी नं ९९ लगाएको थियो । अहिले संकटा र पुलिसमा समेत कार्यान्वय भएको छ । अरुले लगाउने पाउने भएपछि हाम्रो खेलाडीले समेत सोही जर्सी मनपराएर लगाएका हौ ।’ उनले एन्फा विरुद्ध आलोचनालाई अस्विकार गरे । ‘ कसैको समर्थन वा विरोधमा संकटाले जर्सी नं ९९ कार्यान्वयनमा ल्याएको हैन् । खेलाडीको रोजाई अनुसार प्रयोग गरिएको हो ।’ उनले भने

नेपाल पुलिसमा लेवनानी फरवार्ड अहमद हिजाजीले जसीं नं ९९ लगाउँदै आएका छन् । संकटाको तर्फबाट लेवनानी सेन्ट्रल फरवार्ड युसुफ अट्रेसले लगाएका हुन् । 

Loading ad...
LiNing Ad
'ए' डिभिजन लिगको जर्सी नं ९९

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने