चर्च ब्वाइजलाई ४ अंकको अग्रता
शुक्रबार, जेठ ५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको जितमा मिलन राईले निर्णायक गोल गरे । मिलनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
कमल श्रेष्ठको कर्नरमा मिलनले हेडमार्फत उत्कृष्ट गोल गरे ।

चर्च ब्वाइजको यो दशौँ जित हो ।
जितसँगै चर्च ब्वाइजले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
चर्च ब्वाइजले १९ खेलमा ३६ अंक जोडेको छ ।
पुलिस १९ खेलमा २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
चर्च ब्वाइजलाई ४ अंकको अग्रता






-1761130437587.jpg&w=3840&q=75)

-1761099128165.webp&w=3840&q=75)



-1761098856553.webp&w=3840&q=75)
-1761098496424.webp&w=3840&q=75)