वडा स्तरीय बास्केटबल सुरु
शनिबार, बैशाख ९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । मेयर खेलकुद कार्यक्रमअन्तर्गत दशौँ कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबार सुरु भएको छ ।
कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फ पहिलो खेलमा वडा ३ ले वडा १० लाई ३२–२८ ले हरायो । सो खेलमा साफरिना मानन्धरले सर्वाधिक १७ स्कोर गरे ।
पुरुष बास्केटबलको उद्घाटन खेलमा पनि वडा नं ३ ले वडा नं ९ लाई ६९–५१ स्कोरमा पराजित गर्यो । सो खेलमा आसिस थापा मगरले सबभन्दा बढी २५ स्कार गरे ।
नगरप्रमुख राजकुमार नकर्मीले शनिबार मेयर खेलकुद कार्यक्रमको उद्घाटन गरेका हुन् । यस खेलकुद कार्यक्रममा बास्केटबलबाहेक भलिबल र ब्याड्मिन्टन पनि हुनेछन् ।
वडा स्तरीय बास्केटबल सुरु







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

