शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

गुजरातमाथी राजस्थानको रोमान्चक जित

आइतबार, बैशाख ३, २०८०खेलपाटी संवाददाता
गुजरातमाथी राजस्थानको रोमान्चक जित
Classic Tech Internet Ad

काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्सलाई हराउदै राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ  ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो । 

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

राजस्थानका लागि कप्तान सन्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय ईनिङ खेले । 

कप्तान सामसनले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६० रन बनाए । पाँचौं विकेटका लागि कप्तान सामसन र हिटमायरले ५९ रनको साझेदारी गरेका थिए ।

May be an image of 2 people

हिटमायरले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५६ रन बनाए । 

यसै खेलमा आईपीएल डेब्यु गरेका अफगानिस्तानका स्पिनर नुर अहमदलाई छक्का हान्दै हिटमायरले खेल सकाएका थिए । 

देवदत्त पडीकलले २५ बलमा २६ रन बनाउँदा ध्रुव जुरेल १० बलमा १७ रन बनाए । 

छैटौं विकेटका लागि ध्रुव जुरेल र हिटमायरले ४७ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि मोहम्मद सामीले ३ तथा राशिद खान २ तथा नूर अहमद र हार्दिक पान्ड्याले समान १/१ विकेट लिए । 

May be an image of 1 person

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

गुजरातका लागि डेबिड मिलरले ३० बलमा ३ चौका र २ छक्काको सहयोगमा ४६ रनको बनाए । 

ओपनर शुभमन गिलले ३४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । 

अभिनव मनोहरले १३ बलमा ३ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान हार्दिक पान्ड्याले २८ तथा साई सुदर्शन २० रनमा आउट भए । 

राजस्थानका लागि एडम जाम्पा,सन्दीप शर्मा,ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान १/१ विकेट लिए ।

May be an image of 4 people

बोल्टले पहिलो ओभरमा नै ओपनर ऋद्धिमान शाहलाई कट एन्ड बोल्ड गरेका थिए ।

पाँचौ खेलमा चौथो जित हात पारेको राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।

पाँचौ खेलमा दोस्रो हार व्यहोरेको गुजरात ६ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ ।

भारतका विभिन्न शहरमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
गुजरातलाई हराउदै राजस्थान शीर्ष स्थानमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा