बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

वर्ष ७९ - चर्चामा रहेको खेल क्रिकेट

शुक्रबार, ०१ बैशाख २०८०सागर अधिकारी
वर्ष ७९ - चर्चामा रहेको खेल क्रिकेट
Loading ad...
mustang rice ad

काठमाडौं । २०७९ को सुरुआती समय नेपाली क्रिकेटका लागि नयाँ जोस र उमंग बोकेर आएको थियो । वर्षको सुरुमै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालमाथिको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गर्यो । नेपालको आधिकारी फ्रेन्चाईज क्रिकेट लिग नेपाल क्रिकेट संघ(क्यान)ले गर्ने घोषणा गर्दा सबैमा उत्साह आएको थियो ।

क्यानले आयोजना गर्ने नेपाल टी–ट्वान्टी लिगको प्रचारमा विश्वकप बिजेता सन्दीप पाटिलदेखि ब्रेट लीसम्मको आगमन भयो । नेपाल टी–ट्वान्टी लिग यो वा त्यो नाममा विवादमा सुरु भएर विवादकाबीच नै समाप्त भयो । खेलका क्रममा फिक्सिङदेखि खेलाडीले तोकिएको पारिश्रमिक नपाएका घटनासम्म बाहिर आए ।

लिग समाप्तिसम्म आईपुग्दा प्रतियोगिता ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पाएको सेभेन थ्री स्पोट्सको वैधानिकतामाथि क्यान स्वयमले शंका व्यक्त गर्यो । नेपाली क्रिकेटमा आमुल परिर्वतनका लागि भनेर सुरु गरिएको लिगले नेपाली क्रिकेटको छबिलाई धुमिल बनायो ।

नेपालले खेलेको एक मात्र विश्वकपमा नेपाललाई छनोट गराउन सफल भएका प्रशिक्षक पुबुदु दासानायकेको दोस्रो कार्यकाल सफल रहन सकेन । एक वर्षका लागि नेपाल आएका पुवुदु ६ महिनामा नै स्वदेश फर्किए ।

मुख्य प्रशिक्षकबाट राजिनामा दिएर जादै गर्दा नेपाली क्रिकेट टिममा व्यापक गुटबन्दी रहेको बताए । उनको स्थानमा आएका भारतका मनोज प्रभाकर पनि राम्रो नतिजा ल्याउन सकेनन् । उनीपनि समय अगावै राजीनामा दिएर स्वदेश फर्किए । प्रभाकरको राजीनामा पनि टिमभित्रको चरम गुटबन्दी नै रहेको थियो ।

२०७९ सालमानै नेपालले सबैभन्दा कम उमेरको कप्तान रोहित पौडेल पायो । रोहितले युएईसँग घरेलु भुमिमा आयोजित तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा कप्तानको रुपमा डेब्यु गरे । उनको कप्तानी डेब्यु नेपालको लागि सुखद रह्यो । सो सिरिज नेपालले २–१ को अन्तरले जित्यो ।

२०७८ मा नेपालले जम्मा २७ वटा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्यो । जसमा विश्वकप लिग टूमा २४ वटा तथा द्विपक्षिय सिरिजमा ३ खेल खेल्यो । जसमा १३ खेलमा जित, एकमा बराबरी, एक नतिजा बिहिन र ९ खेलमा हार व्यहोरेको थियो ।

२०७८ मा नेपालले पाँच टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्यो । केन्याविरुद्धको पाँच खेलको सो टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज थियो । सो सिरिज नेपालले ३–२ ले जित्यो ।

महिलातर्फ नेपालले पाँच खेलको टी–ट्वान्टी सिरिज आयोजना गरेको थियो । महिला क्रिकेटको अन्तराष्ट्रिय सिरिज नेपालमा पहिलो पटक आयोजना भएको थियो । युगान्डाविरुद्धको सो सिरिज नेपालले ३–२ ले गुमाएको थियो ।

nepal vs uganda1652781648.jpg

महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपाल सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएको थियो । सेमिफाइनलबाट अघि पुग्न नसकेकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सकेन ।

घरेलु प्रतियोगिताको रुपमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय प्रतियोगिता, ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता, यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु सम्पन्न भए । यस वर्षबाट सुरु भएको नेपाल टी–ट्वान्टी लिग पनि भविष्य के हुने भन्ने प्रश्नका साथ सम्पन्न भयो ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले कप्तान शन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । सन्दीपले थुनामुक्त भए लगत्तै करिब छ महिनापछि अन्तराष्ट्रिय खेल खेलेका थिए । सन्दीपले राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेल खेलिरहेका छन् । तर, सन्दीपको मुद्दा अदालतमा चलिरहेको छ ।

नेपाल टी–ट्वान्टी लिगको आयोजनाको सन्दर्भमा बदनाम बनेको क्यानका लागि राष्ट्रिय टिमको उचाईलाई माथिल्लो स्तरमा नै कायम राख्नु चुनौती थियो । रिक्त रहेको मुख्य प्रशिक्षकको जिम्मेवारीमा  मोन्टी देशाई भित्रिए ।

नेपालले करिब १ महिनाको अवधिमा १२ ओडिआई खेल खेल्नु पर्ने थियो । जसमा ९ खेलमा जित हात पारे ओडिआई मान्यता कायम रहने थियो । १२ मध्ये ११ खेल जितेमा विश्वकप छनोट खेल्ने असम्भव जस्तै लाग्ने सम्भावना रहेको थियो । तर नेपालले त्यो असम्भव जस्तै लाग्ने सम्भावनालाई पूरा गर्यो । आगामी जुनमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनुका साथै ओडिआई मान्यता चार वर्षलाई सुरक्षित गर्यो ।

फागुन २ बाट देशाईको वास्तविक परिक्षा सुरु भयो । नेपालले फागुन २ देखि ९ सम्ममा कीर्तिपुरमा आयोजना भएको लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा स्कटल्याण्ड र नामिबियामाथि क्लिन स्विप गर्यो । त्यस्तै सोही महिनाको १५ देखि २२ गतेसम्म युएईमा नेपालले घरेलु टोली र पपुवा न्युगिनीविरुद्ध चार मध्ये तीन खेल जित्यो ।

फागुन २५ गतेदेखि चैत २ सम्म कीर्तिपुर मैदानमा नेपालले पपुवा न्युगिनी र युएईमाथि क्लिन स्विप गरेको थियो । यो जितसँगै नेपालले ओडिआई मान्यता सुरक्षित गर्दै एकदिवसीय विश्वकप छनोटमा समेत स्थान बनायो ।

अन्तराष्ट्रिय क्रिकेटमा बलियो रहँदै आएको नेपालको यू–१९ टोलीले ८ वर्षपछि विश्वकपमा आफ्नो स्थान सुरक्षितनै गर्यो । युएईमा भएको छनोट खेलमा अपराजित रहँदै नेपालले यू–१९ विश्वकपमा ८ औं पटक स्थान पक्का गरेको हो ।

नेपाल टी ट्वान्टी लिगका कारण नेपाली क्रिकेटमाथि लागेको कालो दाग राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाएर र एकदिवसीय विश्वकपको छनोटसम्म पुर्याएर पखाल्ने काम गर्यो । सफलता र बदनाम दुवै कारणले वर्ष २०७९ मा नेपाली क्रिकेट चर्चामै रह्यो ।

Loading ad...
LiNing Ad
वर्ष ७९ - चर्चामा रहेको खेल क्रिकेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपाललाई पहिलो हाफमा अग्रता

नेपाललाई पहिलो हाफमा अग्रता

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

 राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य