काठमाडौं । कोलकाता नाइट राइडर्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आफ्नो दोस्रो जित निकालेको छ।
तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा कोलकाताले गुजरात टाईटन्सलाई ३ विकेटले पराजित गरेको छ ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकत्ताले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
अन्तिम ओभरमा रिंकु सिंहले लगातार ५ छक्का प्रहार गरेर जित दिलाए ।
कोलकत्ताका लागि वेंकटेस अय्यरले ४० बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
कप्तान नितिश राणासँग मिलेर तेस्रो विकेटका लागि अय्यरले १ सय रनको साझेदारी गरे ।
राणाले २९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४५ रन बनाए । रिंकु सिंहले २१ बलमा १ चौका र ६ छक्काको सहयोगमा अविजित ४५ रन बनाए ।
गुजरातका लागि कप्तान राशिद खानले ह्याट्रिक सहित ३ विकेट लिए । राशिदले आन्द्रे रसेल,सुनिल नारेन र शार्दुल ठाकुरलाई आउट गरे ।
अल्जारी जोसेफले २ तथा मोहम्मद सामी र जोस लिटिलले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो ।
गुजरातका विजय शंकर र साई सुदर्शनले अर्धशतकीय ईनिङ खेले । विजयले २४ बलमा ४ चौका र ५ छक्कासहित अविजित ६३ रनको सानदार ईनिङ खेले ।
साई सुदर्शनले ३८ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए ।
शुभमन गिल ३१ बलमा ५ चौकासहित ३९ रनमा आउट हुँदा ऋद्धिमान शाहले १७ रन बनाए ।
दोस्रो विकेटका लागि गिल र सुदर्शनले ६७ रनको साझेदारी गरेका थिए ।
कोलकाताका सुनिल नारायणले ३ तथा सुयश शर्माले १ विकेट लिए ।
तेस्रो खेलमा दोस्रो जित निकालेको कोलकत्ता ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
तीन खेलमा दुई जित हात पारेको गुजरात ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।