काठमाडौं । तीव्र गतिका बलर वैशक विजयकुमारले रोयल च्यालेन्जर्स बेंग्लोरबाट ईन्डियन प्रिमियर लिग(आईपीएल)२०२३ खेल्ने भएका छन् ।
विजयकुमार ब्याटर रजत पाटीदारको स्थानमा बेंग्लोरको टोलीमा समावेश भएका हुन्।
पाटिदार चोटका कारण यस सिजनको एक खेल पनि नखेलि आईपीएलबाट बाहिरिएका हुन् ।
२६ बर्षिय बेंग्लोरका विजयकुमार पहिलो पटक आईपीएलमा कुनै टोलीमा आबद्ध भएका हुन् ।
विजयकुमारले १४ टी-ट्वान्टी खेलमा २२ विकेट लिएका छन् ।