काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक चिकित्सक पाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले डा.अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।
संघका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण विषयको सहजीकरण गर्ने उद्येश्यले डा. सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको हो ।
सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताएका छन् ।