काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरका तिव्र गतिका बलर रिच टोप्लीले जारी रहेको ईन्डियन प्रिमियर लिग(आईपीएल) गुमाउने भएका छन् ।
दाहिने पाखुराको चोटका कारण टोप्लीले आईपीएलका बाँकी खेलहरु गुमाउने भएका हुन् ।
इंग्ल्यान्डका टोप्लीले अप्रिल २ मा भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा चोट बोकेका थिए ।
बिहिबार भएको आफ्नो दोस्रो खेलमा बेंग्लोरले टोप्लीको स्थानमा डेबिड बिल्लीलाई खेलाएको थियो । टोप्ली इंग्ल्यान्ड फर्किसकेका छन् ।
'हामीले उनलाई यहाँ राख्न सक्दो प्रयास गरेका थियौं, तर उपचारमा संलग्न विशेषज्ञहरूले केही समय क्रिकेट मैदान बाहिर रहेर आराम गर्न आग्रह गरेकाले उनी फर्किए ,' बेंग्लोरका मुख्य प्रशिक्षक संजय बांगरले बताए ।
७५ लाख भारु बेसप्राइस तोकेका टोप्लीलाई १ करोड ९ लाख भारुमा बेंग्लोरले खरिद गरेको थियो ।