शार्दुल रिंकुको सानदार साझेदारीमा बेंग्लोरलाई २०५ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई कोलकत्ता नाईट राईडर्सले २ सय ५ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।
कोलकत्ताका लागि रहमानुल्लाह गुर्वाज र शार्दुल ठाकुरले अर्धशतकीय ईनिङ खेले । ठाकुरले २९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६८ रन बनाए ।
गुर्वाजले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए । आईपीएलमा उनको यो पहिलो अर्धशतक हो ।
रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए । सिंह र ठाकुरले छैटौं विकेटका लागि १ सय ३ रनको साझेदारी गरेका थिए ।
८९ रन बनाउँदा ५ विकेट गुमाएको कोलकत्ताले सिंह र ठाकुरको साझेदारीमा मजबुत लक्ष्य खडा गर्न सक्यो ।
कोलकत्ताका लागि डेबिड बिल्ली र कर्ण शर्माले समान २/२ तथा मोहम्मद सिराज,हर्षल पटेल र माईकल ब्रेसवेलले समान १/१ विकेट लिए ।
पहिलो खेलमा बेंग्लोरले घरेलु मैदानमा मुम्बई इन्डियन्सलाई ८ विकेटको सहज जित निकालेको थियो ।
बेंग्लोर आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।
पन्जाबको घरेलु मैदानमा पहिलो खेलमा डीएल मेथडमा ७ रनले पराजित कोलकत्ता पहिलो जितको खोजीमा रहेको छ।
पहिलो खेलमा जित हात पारेको बेंग्लोर २ अंकका साथ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ ।
उता, पहिलो खेलमा हार व्यहोरेको मुम्बई २ अंकका साथ नवौं स्थानमा रहेको छ ।