नेपाललाई युएईको सामान्य लक्ष्य
मंगलबार, २० माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। युएईले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।
चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
युएईका सोहेब खानले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए।
हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान सराफु १२ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए।













-1770087653546.webp&w=3840&q=75)
