नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

काठमाडौं। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा सानदार जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको हो। युएईले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा मात्र ३ विकेट गुमाएर १४८ रन बनायो।
नेपालका आरिफले सर्वाधिक ६१ रन बनाए। दीपेन्द्रले ५० रन बनाए। यी दुई अविजित रहे। यी दुईले चौथो विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए।
कप्तान रोहितकुमार पौडेल १६ रनमा आउट हुँदा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले समान ८ रनको योगदान दिए।
युएईका मुहम्मद रोहिदले एक विकेट लिए। त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
युएईका सोहेब खानले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए।
हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान सराफु १२ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए।













