शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता
सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेसहित ८ नेपाली खेलाडी बेल्जियममा हुन लागेको इयू टी–२० लिग खेल्ने भएका छन्।

बेल्जियमको यो पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ। लिगमा नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जेबी ब्रुजेजसहित आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्स छन्।

रोहित, विकेटकिपर ब्याटर आशिफ शेख, बलर ललितनारायण राजवंशी र इशान पान्डेसहित चार खेलाडी मंगलबार भएको ड्राफ्टबाट विभिन्न टोलीमा अनुबन्ध भएका हुन्। विकेटकिपर ब्याटर अनिलकुमार साह र अलराउन्डर गुल्शनकुमार झा ‘अप्सनल राउन्ड’बाट छानिएका हुन्।

अलराउन्डर दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि-साइन गरेको थियो। लेग स्पिनर सन्दीपलाई पनि लियेज रेड लायन्सले प्रि-साइन गरेको थियो।

रोहित गेन्ट ग्लाडियटर्समा अनुबन्ध भएका छन्। उनलाई क्याटेगोरी ‘बी’ बाट लिइएको हो। आशिफ शेखलाई एन्टवर्प एंकर्सले क्याटेगोरी ‘सी’ बाट आफ्नो टोलीमा भित्र्यायो।

लिलित र इशानलाई दीपेन्द्र आबद्ध जेबीले आफ्नो टोलीमा लिएको छ। यी दुई खेलाडीलाई जेबीले क्याटेगोरी ‘सी’बाट लिएको हो।

जेबीले दीपेन्द्रलाई ड्राफ्टअघि नै तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको थियो। त्यसअघि न्युजिल्यान्डका कलिन मनरोलाई टोलीले पहिलो सिजनका लागि भित्र्याएको थियो। जेबीले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई पनि यसरी नै भित्र्याएको थियो।

अनिल र गुल्शन भने क्याटेगोरी ‘सी’मा ‘अप्सनल राउन्ड’बाट जेबीमा आबद्ध भए। योसँगै ५ नेपाली खेलाडीले जेबीबाट एक साथ लिग खेल्ने भएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा