काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा कोलकत्ता नाईट राईडर्सका विरुद्ध रोयल च्यालेन्जर्स बेंग्लोरले पहिला बलिङ गर्दैछ ।
कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा बेंग्लोरले टस जितेर बलिङ रोजे पछि कोलकत्ताले पहिला ब्याटिङ गर्दैछ ।
यो खेल दुवै टोलीको यस सिजनको दोस्रो खेल हो ।
पहिलो खेलमा बेंग्लोरले घरेलु मैदानमा मुम्बई इन्डियन्सलाई ८ विकेटको सहज जित निकालेको थियो ।
बेंग्लोर आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।
पन्जाबको घरेलु मैदानमा पहिलो खेलमा डीएल मेथडमा ७ रनले पराजित कोलकत्ता पहिलो जितको खोजीमा रहेको छ।
पहिलो खेलमा जित हात पारेको बेंग्लोर २ अंकका साथ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ ।
उता, पहिलो खेलमा हार व्यहोरेको मुम्बई २ अंकका साथ नवौं स्थानमा रहेको छ ।
पहिलो खेलमा झै वानिन्दु हसरंगा तथा जोस हेजलउड टोलीमा उपलब्ध रहेका छैनन् ।
युवा ब्याटर रजत पाटिदारले यस सिजनको पूरै आईपीएल गुमाईसकेकाले उनी पनि उपलब्ध हुने छैनन् ।
कोलकत्ताले शकिब अल हसनको स्थानमा टोलीमा अनुबन्ध गरेको जेसन रोय आईतबारको गुजरातविरुद्धको खेलमा उपलब्ध हुनेछन् ।
हेड टु हेड :
बेंग्लोर र कोलकत्ताबीच हालसम्म ३० खेल भएको छ । जसमा कोलकत्ताले १६ तथा बेंग्लोरले १४ खेलमा जित हात पारेको छ ।