काठमाडौं । हङकङले दुई सातापछि नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।
निजाकत खानको कप्तानीमा घोषीत टोलीमा बाबर हायत, अंशुमन रथ लगायतका खेलाडी रहेका छन् ।
नेपाल आउनु अघि हङकङको टोली थप अभ्यासका लागि श्रीलंका गएको छ ।
समूह बी मा रहेको हङकङका साथै सो समूहमा युएई, कुवेत, सिंगापुर र बहरान रहेका छन् ।
हङकङले समूह चरणका तीन खेल मुलपानी र एक खेल टियु मैदानमा खेल्नेछ । मुलपानीमा हङकङले १८ अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।
मुलपानीमा नै हङकङको दोस्रो खेल २१ अप्रिलमा युएईसँग तथा तेस्रो खेल टियु मैदानमा २४ अप्रिलमा बहराइनसँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेल मुलपानीमा २७ अप्रिलमा कुवेतसँग रहेको छ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।
छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
हङकङको टोली :
निजाकत खान (कप्तान), अदित गोरावार, अजिज खान, अयुष शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, गजानफर मोहम्मद, हरुन अर्शद, किन्चित शाह, नसरुल्ला राना, शाहिद वासिफ, यासिम मुर्तजा र जिशान अली