काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व ब्याटर सुधिर नायकको निधन भएको छ ।
मुम्बईमा ७८ वर्षको उमेरमा नायकको निधन भएको हो ।
नायकले भारतका लागि ३ टेस्ट र २ एकदिवसीय अन्तराष्ट्रिय खेलेका थिए ।
उनले भारतका लागि अन्तिम पटक १९७५ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।
क्रिकेट खेलाडी जीवनबाट सन्यास लिएपछि नायक क्रिकेट प्रशासन, प्रशिक्षणमा सम्लग्न रहेका थिए ।
र पछि उनी मुम्बई स्थित वानखेडे स्टेडियममा मुख्य क्युरेटर बनेका थिए ।