काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले इंग्ल्यान्डका चर्चित स्पिनर आदिल राशिदलाई बलिङ वरीयतामा पछि पारेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयता २२ औं स्थानमा यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा रहेका छन्।
सन्दीप २२ औं स्थानमा रहँदा इंग्ल्यान्डका चर्चित स्पिनर राशिद भने २९ औं स्थानमा रहेका छन् ।
सन्दीपले वानिन्दु हशरंगा, ,युजभेन्द्र चहल,कुलदिप यादव लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् ।
बलिङ तर्फ नै सोमपाल कामी एक स्थान सुधार गरेर ६८ औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी ५३ औं स्थानमा यथावत रहेका छन् ।
तिव्र गतिका बलर करण केसीको बलिङ वरीयतामा ९६ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेल एक स्थान तल झरेर ५९ औं स्थानमा रहेका छन् ।
ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख भने एक स्थान सुधार गरेर ६५ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउड शीर्ष स्थानमा रहेका छन् ।