काठमाडौं । इंग्ल्याण्डका ओपनर जेसन रोयले काकत्ता नाईट राईडर्सबाट ईन्डियन प्रिमियर लिग(आईपीएल)२०२३ खेल्ने भएका छन् ।
कोलकत्ताले इङ्ल्यान्डका रोयलाई जारी १६ औं संस्करणको आईपीएलका २ करोड ८० लाख भारुमा अनुबन्ध गरेको छ ।
कोलकत्ताका नियमित श्रेयस अय्यर मेरुदन्डको चोटका कारण आईपीएलबाट बाहिरिएका छन् ।
बंगलादेशका अलराउन्डर शाकिब अल हसनले यस सिजनको आईपीएल नखेल्ने निर्णय लिएका छन् ।
रोयले पछिल्लो पटक सन् २०२१ मा सनराइजर्स हैदरावादबाट आईपीएल खेलेका थिए ।
रोयले १३ आईपीएल खेलमा ३ सय २९ रन बनाएका छन् ।