काठमाडौं । गुरनुर सिंह ब्रार पन्जाबमा अनुबन्ध भएका छन् ।
पन्जाब किंग्सले घाइते राज अंगद बावाको स्थानमा ब्रारलाई २० लाख भारुमा अनुबन्ध गरेको छ ।
गत सिजन पन्जाबबाट दुई खेल खेलेका राज अंगद बायाँ काँधको चोटका कारण यस सिजनबाट बाहिरिएका छन् ।
बायाँ हाते ब्याटिङ अलराउण्डर गुरनूरले डिसेम्बर २०२२ मा पञ्जाबका लागि प्रथम श्रेणीको डेब्यु गरेका थिए।
उनले ५ प्रथम श्रेणी खेलमा १ सय ७ रन तथा ७ विकेट लिएका छन्।