काठमाडौं । तीव्र गतिका बलर एडम मिल्नेको सानदार बलिङमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा श्रीलंकालाई पराजित गरेको छ ।
तीन खेलको सिरिजमा ११ को बराबरी गर्ने क्रममा घरेलु टोली ९ विकेटले विजयी भएको हो ।
पाहुना टोलीले दिएको १ सय ४२ रनको न्युजिल्यान्डले १४ ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
घरेलु टोलीको जितमा टिम सिफर्टले ४३ बलमा ३ चौका र ६ छक्कासहित अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले ।
ओपनर चाद बोवेस १५ बलमा ७ चौकासहित ३१ रनमा आउट भए । कप्तान टम लेथम ३० बलमा १ चौकासहित २० रनमा अविजित रहे ।
पाहुना टोलीका लागि कसुन रजिथाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पाएको पाहुना टोली १९ ओभरमा १ सय ४१ रनमा अल आउट भएको थियो ।
भ्रमणकारी टोलीका लागि धनन्जय डि सिल्भाले २६ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । कुशल पेरेराले ३२ बलमा २ चौका र १ छक्कासहित ३५ रन जोडे ।
चरिथ असलंका २४ तथा कुशल मेन्डिस १० रनमा आउट भए ।
घरेलु टोलीका लागि तीव्र गतिका बलर एडम मिल्नेले ४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । बेन लिस्टरले २ तथा हेनरी शिफ्ले, रचिन रविन्द्र र जेम्श निसमले समान १/१ विकेट लिए ।
तेस्रो तथा निर्णायक खेल आगामी शनिबार हुनेछ ।