आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

श्रेष्ठ र भण्डारीलाई सहारा हाफ म्याराथनको उपाधि

मंगलबार, २१ चैत्र २०७९खेलपाटी संवाददाता
श्रेष्ठ र भण्डारीलाई सहारा हाफ म्याराथनको उपाधि
Loading ad...
mustang rice ad

इलाम ।  सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् ।

नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र पाए ।

त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोले १ घन्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे । आर्मीका मोहनदेव जोशीले १ घन्टा ७ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गरे । दोस्रो भएका सिमिओनले ३१ हजार, मेडल र प्रमाणपत्र पाए भने तेस्रो भएका जोशीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

महिलातर्फ नेपाल प्रहरीकी रेखा बिष्टले निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हाँसिल गरिन् । दोस्रो भएकी बिष्टले ३१ हजार, मेडल र प्रमाणपत्र पाइन् भने तेस्रो भएकी चौधरीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ भए । पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दशौँ भए ।

महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै सकुन्तला विक दशौँ भए । चौथौदेखि दशौँसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कार स्वरुप नगद पाँच हजार र प्रमाणपत्र पाए । प्रतियोगितामा महिला तथा पुरुष गरी ५३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।

यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

खेलाडीहरुको हौशला बढाउन उनीहरु चारपाने आएका थिए । मानन्धरलाई नगद २५ हजार, लामालाई नगद ११ हजार तथा कुँवर र राउतलाई नगद ५ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

Loading ad...
LiNing Ad
श्रेष्ठ र भण्डारीलाई सहारा हाफ म्याराथनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि