शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. ऋतुराजको अर्धशतकमा लखनउलाई २१८ रनको लक्ष्य 

ऋतुराजको अर्धशतकमा लखनउलाई २१८ रनको लक्ष्य 

२०२३ अप्रिल ३, सोमबारखेलपाटी संवाददाता

ऋतुराजको अर्धशतकमा लखनउलाई २१८ रनको लक्ष्य 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा लखनउ सुपर जायन्ट्सलाई चेन्नाई सुपर किंग्सले २ सय १८ रनको लक्ष्य दिएको छ । 
 
चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा टस हारेर घरेलु टोलीले पहिला ब्याटिङ गरेको थियो ।

चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । 

चेन्नाईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३ चौका र ४ छक्का प्रहार गरे । 

अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए । पहिलो विकेटका लागि गायकवाड र कन्वेले १ सय १० रनको साझेदारी भएको थियो । 

अम्बादी राइडु १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए । मोईन अलिले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए ।  

लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए । आवेश खानले १ विकेट आफ्नो नाम गरे ।

यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत गरेको लखनउ दोस्रो जितको खोजीमा रहेको छ । 

पहिलो खेलमा आफ्नै घरेलु मैदानमा दिल्ली क्यापिटल्स माथी ५० रनको सानदार जित निकालेको लखनउ आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

पहिलो खेलमा जित हात पारेको लखनउ २ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ । 

उता चेन्नाईले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो । उद्घाटन खेलमा गुजरात टाईटन्ससँग ५ विकेटले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई पहिलो जितको खोजीमा रहने छ । 

पहिलो खेलमा हार सहित चेन्नाई अंकबिहिन रुपमा सातौं स्थानमा रहेको छ । 

नेदरल्यान्ड्ससँगको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलसँगै लखनउका क्विटन डि कक आईतबार राती नै चेन्नाईको लागि उडेका छन् । तर, आजको खेलमा भने उनको उपलब्धता हुने सम्भावना छैन ।

दिल्लिविरुद्धको पहिलो खेलमा ओपन गरेका कायल मेयर्सले नै लखनउ ईनिङको सुरुआत गर्ने छन् । 

चेन्नाईमा पनि दक्षिण अफ्रिकाका सिसन्डा मंगला तथा श्रीलंकाका महेश थिक्सना र मथिसा पथिराना उपलब्ध रहने छैनन् । 

चेन्नाईको पिचलाई स्पिन मैत्री मानिन्छ । भर्खरै यहाँ भएको भारत र अष्ट्रेलियाबीचको एकदिवसीय खेलमा १८ मध्ये ११ विकेट स्पिनरले लिएका थिए । 

हेड टु हेड :

चेन्नाई र लखनउबीच हालसम्म १ मात्र खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ । 

लखनउसामु चेन्नाईको २१८ रनको लक्ष्य
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

Bhat Bhateni
प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

अपराजित लिभरपुल

अपराजित लिभरपुल

जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा