काठमाडौं । गुजरात टाइटन्सका ब्याटर केन विलियम्सनले आईपीएलका बाँकी खेलहरु गुमाउने भएका छन् ।
घुँडाको चोटका कारण विलियम्सनले आईपीएलका बाँकी खेलहरु गुमाउने भएका हुन् ।
न्युजिल्याण्डका विलियम्सनले चेन्नई सुपर किंग्सविरुद्धको उद्घाटन खेलमा चोट बोकेका थिए ।
अब विलियमसन अर्को हप्ता घर फर्कने छन् ।
'केनलाई यति चाँडै चोटले गुमाउनु दुःखद हो । हामी उहाँलाई छिट्टै काममा देख्ने आशाका साथ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,' टाइटन्सका क्रिकेट निर्देशक विक्रम सोलंकीले एक विज्ञप्तिमा भनेका छन् ।
विलियम्सनले १३ औं ओभरमा डिप स्क्वायर लेग बाउन्ड्रीमा क्याच लिन प्रयास गर्दा दायाँ घुँडाको चोट बोक्न पुगेका थिए ।
