काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आजको दोस्रो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी बेगलुरुमा सुरु हुनेछ।
यस सिजनको पहिलो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत दुवै टोलीको लक्ष्य रहँदा खेल रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ ।
हेड टु हेड :
मुम्बई र बेंग्लोरबीच कुल ३० खेल भएका छन् । जसमा मुम्बई १७ खेलमा विजयी हुँदा बेंग्लोरले १३ खेल जितेको छ ।