दिल्ली पहिले बलिङ गर्दै

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) को तेस्रो खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेको छ ।
१६ औं संस्करणको आईपीएलको तेस्रो खेलमा लखनउको घरेलु मैदान लखनउमा टस जितेर दिल्लीले बलिङ राजेको छ ।
दिल्लीले पहिले बलिङ रोजेपछि घरेलु टोलीले पहिला ब्याटिङ गर्दै छ ।
यस सिजनको पहिलो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत दुवै टोलीको लक्ष्य रहँदा खेल रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ । दिल्ली नयाँ कप्तानका साथ यस १६ औं सिजनको पहिलो खेल खेल्दैछ ।
गत १५ औं सिजन दिल्लीका लागि रिषभ पन्तले कप्तानी गरेका थिए । तर, पन्तले ठूलो सडक दुर्घटना परेर घाईते भएपछि यस सिजनको आईपीएल गुमाएका थिए । गत बर्षबाट दिल्लीको महत्वपूर्ण हिस्सा रहेका वार्नरको कप्तानीमा दिल्ली मैदान उत्रदैछ ।
यता लखनउ भने नियमित कप्तान केएल राहुलको कप्तानीमा देखिनेछन् ।
दिल्लीका तीव्र गतिका बलरहरु एनरिक नोर्किया,लुगिं एन्गेडि र मुस्ताफिजुर रहमान लखनउविरुद्धको खेलमा उपलब्ध हुने छैनन् । नोर्किया र एन्गेडि दक्षिण अफ्रिका राष्ट्रिय टोलीमा रहेका छन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनी पन्जाबसँग जोडिनेछन् ।
रहमान पनि बंगलादेशको टोलीमा रहेर शुक्रबार मात्र आउरल्यान्डविरुद्धको टी-ट्वान्टी खेलेकाले आजको खेलमा देखिने छैनन् ।
पृथ्वी शा,डेविड वार्नर,मिचेल मार्श तथा रोभमन पावेल दिल्लीका प्रमुख ब्याटर हुन् । रिषभ पन्त टिममा नरहँदा सर्फराज खानले विकेटकिपरको भुमिका निर्वाह गर्ने अनुमान गरिएको छ । कुलदिप यादव,कमलेश नगरकोटी तथा चेतन साकरिया दिल्लीका प्रमुख बलर हुन् ।
कप्तान केएल राहुल,कायल मेयर्स लखनउका प्रमुख ब्याटर हुन् । जयदेव उन्नाद्कड,आभेस खान तथा अमित मिश्रा लखनउका प्रमुख बलरहरु हुन् ।
हेड टु हेड :
दिल्ली र लखनउबीच कुल २ खेल भएका छन् । जसमा लखनउ अपराजित रहेको छ ।