मंगलबार, १३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

जर्सीले बनायो २९१ रनको कीर्तिमानी योगफल 

शनिबार, १८ चैत्र २०७९खेलपाटी संवाददाता
जर्सीले बनायो २९१ रनको कीर्तिमानी योगफल 
mustang rice ad

काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा जर्सीले पपुवा न्युगिनी(पीएनजी)लाई जितका लागि २ सय ९२ रनको लक्ष्य दिएको छ । 

आफ्नो एकदिवसीय अन्तरष्ट्रिय क्रिकेटको छोटो ईतिहासमा सर्वाधिक २ सय ९१ रनको योगफल बनायो । यसै प्रतियोगितामा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको जर्सीले आफ्नो तेस्रो खेलमा नै २ सय ९१ रन बनाएको हो । 

नामिबियाको युनाइटेड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जर्सीले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९१ रन बनायो ।

जर्सीका लागि जोस लरेन्सन र असा ट्रिबिले शतकीय ईनिङ खेले । जर्सीको लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका लरेन्सनले १ सय ५ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय १४ रनमा आउट भए । 

ट्रिबिले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । ह्यारिन्सन कार्लिअनले २६ रन बनाउँदा निक ग्रिनउडले १४ रन बनाए । 

पीएनजीका लागि चाड सोपार र सिमो कमियले समान २/२ विकेट लिए । 

दोस्रो खेल खेल्न लागेको दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् । अंक बिहिन दुवै टोलीका लागि विश्वकप छनोटमा स्थान बनाउँन तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम गर्न आजको जित अति आवश्यक रहेको छ । 

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।

त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ । 

प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् । 

प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।

युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।

LiNing Ad
जर्सीले बनायो २९१ रनको कीर्तिमानी योगफल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

सोमबार बन्द प्रशिक्षण, मंगलबार अन्तिम टोली घोषणा !

सोमबार बन्द प्रशिक्षण, मंगलबार अन्तिम टोली घोषणा !

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

फाइनलमा पुग्यो न्यू डायमन्ड

फाइनलमा पुग्यो न्यू डायमन्ड

शीर्षस्थानमा उक्लियो लालीगुराँस

शीर्षस्थानमा उक्लियो लालीगुराँस

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी